तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्री पोखरेलको ‘अन द स्पट एक्शन’

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौँको बसुन्धारामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गर्नुभएको छ ।

निरीक्षणकै क्रममा उहाँले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन आग्रह गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यस साताबाट नेपाली सेनाले आइसोलेसन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो ।आवश्यकता अनुसार २ सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइसोलेसन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

काठमाडौँमा उपलब्ध ठुला भवनहरूलाई आइसोलेसन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना सङ्क्रमितहरूको उपचार गर्ने सोच बनाइको सिसिएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताउनुभयो ।

पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिस्टार महासेनानी डा. सुमनराज डङ्गोलले आइसोलेसन केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो ।निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डङ्गोल लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button