तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका सबै तहमा अक्सिजन सहितको आइसोलेसन

सल्यान। दोस्रो चरणको भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि जिल्लाका सबै पालिकाले अक्सिजन सहितको आइसोलेसन निमार्णलाई तीव्रता दिन थालेका छन् । कोरोना रोकथाम र नियन्त्रणका लागि जिल्लाका दश वटै स्थानीय अक्सिजन सहितको आइसोलेसन निमार्णलाई तीव्रता दिइरहेका हुन ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानथालेपछि शारदा नगरपालिकाले नेपाली सेना र जिल्ला प्रशासन कार्यालय सल्यानको समन्वयमा जिल्ला अस्पताल सल्यानमा २० बेडको अस्थायी आइसोलेसन निमार्ण गरी रहेको छ ।बनगाड कुपिण्डे नगरपालिकाले अक्सिजन सहितको १० , बागचौर नगरपालिका २५, कुमाख गाउँपालिकाले ५ बेड सहितको १५, छत्रेश्वरी गाउँपालिको ५ अक्सिजन सहितको २०, सिद्ध कुमाख गाउँपालिकाले ५ अक्सिजन सहितको २०, आइसोलेसन निमार्ण गरी सञ्चालनमा ल्याएका छन् ।

यस्तै पुरकोट गाउँपालिकाले ५ बेडको अक्सिजन सहितको ३० बेड , कालीमाटी गाउँपालिकाले २ अक्सिजन सहितको १५, दार्मा गाउँपालिकाले २० बेडको आइसोलेसन निमार्ण गरेका छन् । त्रिवेणी गाउँपालिकाले गत वर्ष नै ५ बेडको अस्थायी कोरोना अस्पताल निमार्ण गरी सञ्चालन गरेको छ ।गत वर्ष टोल टोलमा क्वारेनटाइन निमार्ण गरेका स्थानीय तहहरू यस वर्ष भने आइसोलेसन निमार्णमा जुटेका छन् ।

जिल्ला अस्पताल सल्यानमा १६ बेडको आइसोलेसन रहेको छ । १६ बेडको आइसोलेसन भएपनि अस्पतालमा अहिले २४ जनाको उपचार भइरहेको छ । आइसोलेसन बिरामीले भरिएपछि आकस्मिक कक्षमा समेत राखेर सङ्क्रमितको उपचार भइरहेको छ ।जिल्लामा सोमबारसम्म ४ सय ४० सक्रिय संक्रमित रहेका छन् । कोरोनाबाट जिल्लामा १४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button