तपाईँ सुन्दै हुनुहुन्छः

मर्स्याङ्दीमा ट्रक खस्दा दुईको मृत्यु

तनहुँ। मर्स्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला बागलुङ गलकोट–८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र ३५ वर्षीय मीन कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना ३ ख ९९७३ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट करिब १०० मिटर तल खस्दा सो दुर्घटना भएको हो । घटना राति नै भएको  तर प्रहरीलाई आज मात्रै जानकारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

मृतक जय कँडेल ट्रक चालक र मीन कँडेल सहचालक रहेको मृतकका साहिलो भाइ हिरा कँडेलले जानकारी दिनुभयो । गाउँको घर बागलुङ भए पनि हाल डेरा गरी चितवनको नवलपरासीमा बस्दै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै दाजुभाइ पराल लोड गरेर पोखरातर्फ गएका थिए । मृतक दुवै एकै घर परिवारका दाजुभाइ हुन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button