तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान अस्पताल कोरोना सङ्क्रमितले भरियो, फोन गरेर आउन स्वास्थ्य कार्यालयको आग्रह

सल्यान । जिल्ला अस्पताल सल्यान कोरोना सङ्क्रमितले भरिएको छ । कोभिड–१९ सङ्क्रमितको अत्यधिक चाप बढेको भन्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले फोन गरेर मात्र अस्पतालमा आउन आग्रह गरेको छ ।
१६ बेडमा नियमित अक्सिजन सप्लाई गर्न सक्ने अवस्थामा ३६ जना बिरामी भएपछि कार्यालयले फोन सम्पर्क गरेर मात्र आउन सबैलाई आग्रह गरेको हो ।
१६ शय्याको आइसोलेसन वार्डमा अहिले ३६ जना संक्रमित रहेका छन् । आकस्मिक कक्षमा राखेर समेत उपचार गर्नु पर्ने बाध्यता रहेको छ । यसमा थप बिरामी थपिए उपचारमा समस्या हुने देखिएपछि फोन गरेर मात्र आउन आग्रह गर्नुपर्ने बाध्यता आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले बताउनुभयो ।
सीमित अक्सिजन सिलिन्डर भएको र रिफिल गर्न नेपालगञ्ज जानुपर्ने र समयमा रिफिल नहुने भएकाले बिरामीलाई अस्पताल ल्याउनु पूर्व फोन सम्पर्क गरेर मात्र लिई आउन आग्रह गरिएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button