तपाईँ सुन्दै हुनुहुन्छः

पछिल्लो २४ घण्टामा बाँकेमा १५ कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यी सङ्क्रमितको मृत्यु भएको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।
जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ८ जना बर्दिया र १ जना रुकुम पूर्व र १ कञ्चनपुरका रहेका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज–१० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, बाँकेकै खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुषको मङ्गलवार बिहान ४ बजे, बाँकेको जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिलाको मङ्गलवार बिहान ४ बजे नै मृत्यु भएको छ ।
उनले दिएको जानकारी अनुसार कोहलपुर– ८ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सोमबार राति ७ः१५ मा र खजुरा– २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमै सोमबार राति ११ः१० बजे मृत्यु भएको हो । यस्तै, भेरी अस्पतालमा वैशाख २६ गतेबाट उपचाररत सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुषको सोमबार राति ८ बजे मृत्यु भएको छ ।
यसै गरी भेरी अस्पतालमा उपचाररत बर्दिया बाँसगढीका ७३ वर्षीय पुरुषको सोमबार साँझ ४ः३० बजे, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुषको पनि साँझ ६ बजे, बारबर्दिया– ६ की ६३ वर्षीया महिलाको सोमबार राति १० बजे, बढैयाताल– ३ बर्दिया की ७८ वर्षीया महिलाको मङ्गलवार बिहान ५ः३० बजे, बाँसगढी नगरपालिका– ५ बर्दियाका ६० वर्षीय पुरुषको सोमबार राति १० बजे तथा बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको मङ्गलवार बिहान ४ बजे मृत्यु भएको थियो । भने दुई जनाको आर्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । दुवै जना बर्दियाका हुन ।
योसँगै बाँकेमा जिल्ला भित्रका १९७ जना र जिल्ला बाहिरका १५१ जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button