तपाईँ सुन्दै हुनुहुन्छः

बारामा एकै दिन  ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बारा । बारामा एकै दिन ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न पालिकाहरूबाट ९४ जनाको नमुना सङ्कलन गरिएको मध्ये ६१ जनामा संक्रमण पुष्टि हो ।
संक्रमण पुष्टि भएका मध्ये ४२ जना पुरुष र १९ जना महिला रहेका छन् । यो परीक्षणले संक्रमण समुदायमा फैलिएर भयावह हुने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले बताउँनुभयो ।
संक्रमित मध्ये जीतपुरसिमराका २० जना रहेका छन् । गत शुक्रवार २७ जना नयाँ र ३ सङ्क्रमितको पुन परीक्षणका लागि ३० जनाको नमुना सङ्कलन गरिएकोमा जीतपुरसिमरा उपमहानगरपालिकाका कोभिड फोकल पर्सन एक जना  र एक जना पत्रकार सहित २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का १ जना , वडा नं २ का ११ जना वडा नम्बर ४ का २ जना , वडा नम्बर ७ का १ जना , वडा नं १५ का १ जना , वडा नम्बर १८ का २ जना , परवानीपुरका १ जना, दैलेख घरभइ जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा कार्यरत २ जना रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button