तपाईँ सुन्दै हुनुहुन्छः

नेता खनाल घर फिर्ता

File Photo
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता हुनुभएको छ ।  कोभिड–१९  सङ्क्रमित भएपछि यही वैशाख १८ गते  नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता खनाल स्वस्थ भई डिस्चार्ज हुनुभएको हो ।
उहाँ यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको थियो । अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाले पूर्व प्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहअनुसार  डिस्चार्ज हुनुभएको जानकारी दिनुभयो ।
सङ्क्रमण  भएपछि  उहाँलाई शुरुमा अक्सिजन दिइएको  र त्यसपछि  प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।  नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button