तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा निषेधाज्ञा ६ गतेसम्म थप

धनगढी । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी कैलालीमा जारी निषेधाज्ञाको अवधि जेठ ६ गतेसम्म थप गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आज जारी गरेको आदेशमा निषेधाज्ञाको अवधि जेठ ६ गतेसम्मका लागी थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा निषेधाज्ञाको अवधि थपिएको र  निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिने छ, आदेशमा भनिएको छ ।
यसै गरी पेट्रोल पम्प, खाद्यान्न, तरकारी, डेरी पसल हप्ताको तिन दिन मङ्गलवार, बिहीबार र शनिवार बिहान ६ देखी ९ बजेसम्म स्वास्थ्य मापदण्ड रही सञ्चालन गर्न तथा राजस्व दाखिला र सरकारी कारोबार बाहेक वित्तीय संस्थाको सबै सेवा बन्द गरी अत्यावश्यक भुक्तानी विद्युतीय प्रणालीमा व्यवस्था मिलाउन भनिएको छ ।
कैलालीमा पहिलो चरणमा वैशाख १६ गते देखी २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button