तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा कोरोना सङ्क्रमणका कारण एकै दिन आठ जनाको मृत्यु 

दाङ । दाङमा कोरोना सङ्क्रमणका कारण एकै दिन आठ जनाको मृत्यु भएको छ ।
बेल्झुन्डी कोरोना विशेष अस्पतालमा उपचाररत आठ जनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण ओलीले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा न १९ , ६ , १७,१२,४ का क्रमशः ५२ वर्षीय पुरुष र ७६ वर्षीय पुरुष , ५० वर्षीया महिला ,२७ वर्षका पुरुष, ७० वर्षकी महिला गरी २ जना महिला र ३ जना पुरुष जम्मा ५ जना र घोराही उपमहानगरपालिका वडा न १३ का ४४ वर्षका पुरुषको , गढवा गाउँपालिका ४ का २५ वर्षका पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ वर्षको पुरुषको मृत्यु भएको छ ।
मगलबार २ जना महिला र ६ जना पुरुष गरी ८ जनाको कोरोना विशेष अस्पताल वेलझुण्डि दाङमा कोभिड १९ वाट निधन भएको ओलीले जानकारी दिए । अहिले अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । यो कारणले पनि मृत्यु दर बढेको अस्पतालले जनाएको छ । यो सङ्ख्या अहिले सम्मकै सबैभन्दा बढी हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button