तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना पोजेटिभ सप्तरीका एक पुरुषको धरानमा मृत्यु

सप्तरी । कोरोना पोजेटिभ भएर धरान स्थित बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक पुरुषको मंगलबार मृत्यु भएको छ ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.१ भलुवाका ६१ वर्षीय पुरुष उपचारका क्रममा मगलवार बिहान १०ः०० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको हो ।
मुटुमा समस्या देखिएपछि वैशाख २७ गते धरान स्थित प्रतिष्ठान (घोपा) अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेकोमा पिसिआर परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।
संक्रमित मृतक पुरुषको शव व्यवस्थापनका लागी समन्वय भइरहेको अस्पताल प्रशासनले बताएका छन् । यो सँगै सप्तरीमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेहरूको सङ्ख्या ५१ पुगेको छ ।
जसमा पहिलो लहरमा ४२ जनाले ज्यान गुमाएका थिए भने अहिलेको दोस्रो लहरमा ९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button