तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरामा निःशुल्क अक्सिजन बैङ्कको स्थापना

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा आपतकालिन कोभिड १९ बाट बच्न  निःशुल्क अक्सिजन बैङ्कको स्थापना भएको छ  ।
कोभिडका बिरामीहरूलाई मात्र लक्षित गरी निःशुल्क अक्सिजन बैङ्क स्थापना गरिएको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जय कुमार साहले जानकारी दिनुभयो ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घ, लायन्स क्लब अफ जीतपुरसिमरा र हातेमालो साकोस सिमराको समन्वयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको सहकार्यमा जगदम्बा स्टिल प्रा.लिको मुख्य सहयोगमा अक्सिजन बैङ्कको स्थापना भएको हो ।
निःशुल्क अक्सिजन बैङ्क सञ्चालन  सहज र व्यवस्थित गर्न नगर उद्योग वाणिज्य संघका अध्यक्ष साहको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।
इलाका प्रशासन कार्यालय सिमराको सिफारिसमा मधु अक्सिजन ईन्डष्ट्रिज प्रा.लि.बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले एक सय थान अक्सिजन सिलिन्डर प्राप्त गरेको हो । सो सिलिन्डरलाई हाललाई इलाका प्रहरी कार्यालय सिमराको अधीनमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button