तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाहको आरोपमा २ जना पक्राउ

सुनसरी । सुनसरीको देवानगंजबाट बालविवाहको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गएराति सोमबार सुनसरीको देवानगंज गाउँपालिका ५ पाल टोलमा बालविवाह हुँदैछ भन्ने सूचनाको आधारमा २ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
फूलचन पालको घरमा सुनसरीको हरिनगर गाउँपालिका ४ बस्ने खोखाई पालको २६ वर्ष को छोरा मिथिलेश पाल र देवानगंज गाउँपालिका १ बस्ने रमानन्द पालको १८ वर्ष ८ महिनाकी कल्पना कुमारी पालसँग विवाह हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरिएको  हो ।
पक्राउ पर्नेमा बालविवाह गर्ने बेहुला मिथिलेश पाल र बालविवाह गराउने निजको नातामा पर्ने सानोवुबा देवानगंज गाउँपालिका ५ बस्ने फूलचन पाललाई विवाह मण्डपबाटै पक्राउ गरिएको हो ।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ विवाह सम्बन्धी कसुरको दफा १७३ अन्तरगत बालविवाहमा सुनसरी जिल्ला अदालतबाट मुद्दा दर्ता गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button