तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्ज । वीरगन्जमा उपचाररत आज थप ७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत ४ जना तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटेल बाबा ईन्टरनेशनलमा २ जना र नारायणी बयोधा अस्पतालमा १ जना गरी ७ जनाको मृत्यु भएको छ ।
वीरगन्जको नारायणी बयोधा अस्पतालमा आज दिउँसो १ बजे बारा कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बयोधा अस्पतालको आइसोलेसनमा २६ गते भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण आज दिउँसो मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।
यसैगरी वीरगन्जको नारायणी अस्पतालमा आज बिहान उपचारको क्रममा पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ४ निवासी ५० बर्षिया महिलाको मृत्यु भएको छ । गत वैशाख २० गते कोरोना संक्रमित भई उपचाररत भर्ना भएकी महिलाको भेन्टिलेटरमा उपचार भई रहेको र आज उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
वीरगन्जको नारायणी अस्पतालमा आज बिहान २.१० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ निवासी ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । मृतक पुरुषको उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
यसैगरी नारायणी अस्पतालमै आज बिहान पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ निवासी ३५ वर्षीय पुरुषको ५.५० बजे उपचारको क्रममा मृत्यु भएको  छ ।  वैशाख २१  गते अस्पतालमा भर्ना भएका पुरुषको एन्टिजिन रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
यसैगरी नारायणी अस्पतालमै बारा बुनियाद १ निवासी ५५ बर्षिया महिलाको आज बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २६ गते अस्पतालमा उपचारका लागी भर्ना भएकी महिलाको सोही दिन एन्टिजिन परीक्षणको रिपोर्ट पोजेटिभ आएको र कोरोना सङ्क्रमणकै कारण उनको मृत्यु भएको डाक्टर दासले जानकारी दिनुभयो ।
यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ निवासी ७६ वर्षीय पुरुषको आज बिहान १.२० बजे वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटेल बाबा ईन्टरनेशनलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।
मृतकलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको र सोही दिन पिसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसैगरी नेशनल मेडिकल कलेजमै वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ निवासी ५७ बर्षिया महिलाको उपचारको क्रममा आज बिहान १.५० बजे मृत्यु भएको श्रीबास्तबले बताउनुभयो । ५७ बर्षिया महिलालाई वैशाख २३ गते कोभिड अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा आज बिहान निधन भएको श्रीबास्तबले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button