तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषधसहित दुई जना पक्राउ

बर्दिबास । निषेधाज्ञाको समयमा छोपेर लागुऔषध ओसारपसार गर्ने दुई जनालाई मोटरसाइकलसहित महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ बस्ने बर्ष २९ को अक्षय कुमार अर्याल र जिल्ला धादिङ धुनिबेसि नगरपालिका ७ बस्ने बर्ष ३२ को सरोज पाण्डे रहेको प्रहरीले जनाएको छ ।
महोत्तरी औरही नगरपालिका ४ कठुधार स्थित सम्सीबाट बर्दिबास तर्फ लागुऔषध लिएर आउँदै गर्दा दुवै जनालाई प्रहरीले बा.६७ प.४७६६ नम्बरको मोटरसाइकल सहित ठुलो मात्रामा लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट डाईजेलिड ४४ पिस, नोरफिन ४४ पिस, फेनारगन ४३ पिस लागुऔषध बरामद गरेको छ ।
लागुऔषध सहित नियन्त्रणमा लिएका दुवै जनालाई महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दिन १० म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।
महोत्तरीमा वैशाख २२ गते देखि निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञाको अवधिमा बर्दिबास माई स्थान सम्सी सडक खण्डबाट सम्सी पुगेर लागुऔषध ओसारपसार हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button