तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय ६४ 

file photo

जनकपुरधाम । विगत केही दिन यता प्रदेश नंं २ मा दैनिक रुपमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय भन्दा बढीको दरले बढ्न थालेको छ । दैनिक रुपमा परीक्षणको दर बढाएपछि सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।

अहिले प्रदेश नंं २ को विभिन्न जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय ६४ पुगेको छ । सक्रिय संक्रमित मध्ये ४ सय १४ जना संस्थागत आइसोलेसनमा र ५ हजार ८ सय ५० जना होम आइसोलेसनमा रहेर उपचार गराई रहेका छन् । कोरोना सङ्क्रमणको पहिलो तथा दोस्रो लहरमा गरेर २३ हजार ६ सय ५५ जना संक्रमित भएकोमा त्यस मध्ये १७ हजार १ सय ३१ जना निको भएर घर फर्केका छन् भने २ सय ६० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित पर्सा जिल्ला रहेका छन् । उक्त जिल्लाको संस्थागत आइसोलेसनमा ३ सय ६४ तथा होम आइसोलेसनमा २ हजार २४ जना गरेर कूल २ हजार ३ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । धनुषा जिल्लामा पनि सक्रिय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । धनुषा जिल्लाको संस्थागत आइसोलेसनमा २८ जना तथा होम आइसोलेसनमा १ हजार ३ सय ९९ गरेर कूल १ हजार ४ सय २७ जना सक्रिय संक्रमित रहेका छन् ।

यसै गरी महोत्तरी जिल्लामा ६ सय ४१ सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् । बारा जिल्लाको संस्थागत आइसोलेसनमा १६ जना तथा होम आइसोलेसनमा ६ सय गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय १६ जना रहेका छन् । रौतहट जिल्लाको होम आइसोलेसनमा ४ सय ३६ जना रहेका छन् ।

सप्तरी जिल्लाको संस्थागत आइसोलेसनमा ६ जना तथा होम आइसोलेसनमा ४ सय ११ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १७ जना उपचारमा रहेका छन् । सिराहा जिल्लाको संस्थागत आइसोलेसनमा १८ जना तथा होम आइसोलेसनमा २ सय ७६ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय ९४ जना रहेका छन् । सर्लाही जिल्लामा सबै भन्दा कम ६३ जना कोरोनाका सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button