तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा जेठ ४ सम्म  निषेधाज्ञा थप

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि  निषेधाज्ञाको समयावधि थप बढाइएको छ । जिल्ला स्तरीय कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय आगामी जेठ ४ गतेसम्मका लागि बढाएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिनुभयो ।
हवाई माध्यमबाट बाँके र सुर्खेतबाट ल्याइएका खाद्यान्न तथा निर्माण र दैनिक उपभोग्य सामग्री सम्बन्धित निकाय र व्यक्तिले ७२ घण्टापछि मात्रै बुझ्न पाउने भएको छ ।
पहिलो चरणका निषेधाज्ञामा सिमकोट विमानस्थलमै थुपारेर राखिएका सामग्री स्वास्थ्य मापदण्डानुसार मात्रै लिन पाइने निर्णय जिप्रकाले गरेको हो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button