तपाईँ सुन्दै हुनुहुन्छः

भेरोसेल खोपको दोस्रो डोज जेठ दुईबाट (तालिका सहित)

काठमाडौं । काठमाडौं  उपत्यकामा कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जिल्ला  विपत् व्यवस्थापन केन्द्रको बैठकले दोस्रो डोज खोप लगाउने नर्णय गरेको हो ।
 खोप लगाउनका लागि स्वास्थ्य कार्यालय,काठमाडौंले खोप तालिका सार्वजनिक गरेको छ ।
खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी, भिडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
खोप अभियान सञ्चालनका क्रममा सुरक्षाको व्यवस्था जिल्ला प्रशासन कार्यालयले मिलाउनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button