तपाईँ सुन्दै हुनुहुन्छः

चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान नेता गुमायो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का केन्द्रीय सदस्य, संविधानसभा सदस्य तथा वागमती प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बुधबार एक शोक सन्देश जारी गर्दै प्रधानमन्त्रीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान नेतालाई गुमाउन पुगेको तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले नेकपा (एमाले)को नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा चौलागाईले पु¥याउनु भएको योगदानलाई पार्टीले सधैं स्मरण गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले चौलागाईंप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकमा पर्नु भएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

यसैबीच नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले चौलागाईको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै शोक वक्तव्य जारी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button