तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध छिन्चु –जाजरकोट सडक खुल्यो 

सल्यान । वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छिन्चु –जाजरकोट सडक खुलेको छ । अवरुद्ध भएको झन्डै १४ घण्टा पछि सडक खुलेको हो ।
सल्यान र सुर्खेतको सीमा गुर्भाकोट नगरपालिका ३ धारापानी नजिकै मङ्गलवार दिउँसो झन्डै ३ बजेदेखि पहिरोले सडक अवरुद्ध गरेको थियो । सहायक बाटो खन्ने क्रममा खनेको माटो सहित सडकमा पहिरो झरेको थियो ।
डोजर लगाएर अवरुद्ध सडक सञ्चालनमा आएको गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा एम्बुलेन्स देखि खाद्यान्न बोकेका गाडीहरू जाममा परेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button