तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनालाई टाइफाइड भन्दै हेलच्याक्राई गर्दा समस्या बढ्यो

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालले सामान्य ज्वरो तथा होम आइसोलेसनमा रहेका बिरामीहरूलाई निजी अस्पताल नजान र घरैमा नबसी अस्पतालमा आएर उपचार गर्न अपिल गरेको छ ।

कोरोना सङ्क्रमितहरूलाई निजी किल्निकहरुले विभिन्न रोगहरू लागेको बताउँदै उपचार गर्ने गरेको र सिकिस्त भएपछिमात्र अस्पताल पठाउने गरेको बताउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले त्यसो नगर्न आग्रह गर्नुभएको हो ।

‘धेरै जसो विरामहिरु जटिल अवस्थामा मात्र अस्पतालमा आउँछन्, सुरुमा निजी किल्निक पुग्ने र किल्निकले पनि टाइफाइड भनेर उपचार गर्दा समस्या झन् बड्योे’ जोशीले बताउनुभयो

होम आइसोलेसनमा बसेका सङ्क्रमितहरूलाई (ज्वरो खोकी, टाउको दुखाई तथा श्वास प्रश्वासमा समस्या) भए अस्पतालमा रहेको ज्वरो क्लिनिकमा तुरुन्त सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button