तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १३ घण्टामा १४ संक्रमितले ज्यान गुमाए

बाँके ।  भेरी अस्पताल नेपालगन्जमा कोरोना भाइरस संक्रमित थप दुईजनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बाँसगढी नगरपालिका–९ बर्दियाका ६४ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–७ बाँकेका ६६ वर्षीय पुरुषको कोभिड संक्रमणका कारण मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि बैशाख २४ मा कोभिड परीक्षण गरि बैशाख २६ गतेदेखि थप उपचारका लागि भर्ना हुनुभएका बर्दियाका ६४ वर्षिय पुरुषको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान ८ः३० बजे मृत्यु भएको हो ।
त्यस्तै भेरी अस्पतालमै कोभिड परीक्षण गरि बैशाख २३ गते उपचारका लागि भर्ना हुनुभएका नेपालगन्ज–७ बाँकेका ६६ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा गरि दुई ठूला अस्पतालमा हिजो राती ९ः३० बजेपछि बिहानसम्म १२ जनाले ज्यान गुमाइसकेका छन् ।
बाँकेमा केही दिनयता कोभिड संक्रमित बिरामीहरुको मृत्युदर बढिरहेको छ ।  चिकित्सकहरुले संक्रमण कडा खालको हुनु र गम्भीर अवस्थामा बिरामी अस्पतालसम्म आइपुग्दा पनि मृत्युदर बढिरहेको बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button