तपाईँ सुन्दै हुनुहुन्छः

चीनले अनुदान दिएको पाँच लाख डोज खोप बङ्गलादेशमा

ढाका। चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप ढाका आइपुगेको छ । बङ्गलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधवार बिहान राजधानी ढाका ल्याएको हो ।

चीनको विशाल औषधि निर्माता सिनोफार्म कम्पनीबाट विकास गरिएको खोप बङ्गलादेशलाई उपलब्ध गराइएको हो । यो खोपलाई बङ्गलादेशको औषधि नियामक निकायले केही दिनअघि आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोभिड विरुद्धको खोप अभियान गत जनवरी २८ मा सुरु गर्नु भएको थियो । बङ्गलादेशलाई यसअघि भारतले २० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएको थियो । साथै बङ्गलादेशले भारतको सेरम इन्स्टिच्यूटबाट तीन करोड डोज खोप खरिद गर्न सम्झौता गरिसकेको जनाएको छ ।

बङ्गलादेशले खरिदका लागि सम्झौता गरिसकेको खोपमध्य ५० लाख डोज बङ्गलादेशले प्राप्त गरिसकेको छ भने प्रत्येक महिना अरू पाँच लाख खोप उपलब्ध गराउने सेरमले जनाएको छ ।रासस–सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button