तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर पाल्पामा एक जनाको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा न –८ सत्यवती, खुर्सानेमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय बर्ष ५६ का धने दर्जी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सोमबार साँझ गोठमा गाईलाई घाँस दिन जानुभएका दर्जी घर नफर्केपछि परिवार र छिमेकीले खोज तलास गर्दा मङ्गलवार दिउँसो १२ बजेको समयमा बाटोदेखि करिब ६० मिटर तल भिरमा उहाँको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button