तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयमै १० बेडको आइसोलेसन  

बाँके  । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ ले १० बेडको आइसोलेसन सेन्टर तयार गरेको छ ।
नेपालगञ्जमा कोरोना हटस्पटका रुपमा रहेको यस वडामा वडावासीले स्थानीय तहमै आइसोलेसन हुनुपर्ने माग गरेपछि वडा कार्यालयले आइसोलेसन सेन्टर तयार गरेको हो ।
वडाले आफ्नै वडा कार्यालयलाई आइसोलेसन सेन्टर बनाएको छ । तयार गरिएको आइसोलेसन सेन्टर ज्येष्ठ १ गतेबाट सञ्चालनमा आउने वडा अध्यक्ष बुद्धिसागर सुबेदीले जानकारी दिनुभयो ।
‘नेपालगञ्ज उपमहानगरपालिकाले सङ्क्रमितको घरमा छुट्टै बस्ने व्यवस्था नभएकाहरूका लागि ह्वाइट हाउसमा राख्ने व्यवस्था मिलाएको छ, ‘अध्यक्ष सुबेदीले भन्नुभयो, ‘तर हामीले वडाभित्रका सङ्क्रमितले घरमा बस्न डराउने वा छोराछोरीसँग बस्न नहुने भन्नेहरूलाई यहाँ बसाल्छौँ ।’
वडावासीले स्थानीय वार्डमै बस्ने व्यवस्था भए राम्रो हुने माग गरेका थिए ।
आइसोलेसनमा सङ्क्रमितहरूलाई योगा गर्ने, आयुर्वेदिक औषधी, तातोपानी र पौष्टिक खानेकुरा उपलब्ध गराइने वडा अध्यक्ष सुबेदीले बताउनुभयो ।
वडाका जनप्रतिनिधिहरूको सहमतिमा यस आइसोलेसन सेन्टरमा सामान्य लक्षण भएकाहरूलाई मात्रै राखिने छ भने सिकिस्त हुनेहरूलाई अस्पतालमा राख्न सहकार्य गर्ने जनाइएको छ ।
‘१० बेड तयार गरिएको वडा कार्यालयमा महिलाहरूका लागि छुट्टै ४ बेड तयार गरिनेछ । पछि आवश्यकता अनुसार डाक्टर, नर्सहरुहको समेत व्यवस्थापन गर्छौ ‘अध्यक्ष सुबेदीले भन्नुभयो, ‘अहिलेका लागि मात्र सामान्य लक्षण देखिएका र होम आइसोलेसनमा बस्न व्यवस्था नभएकालाई मात्र यहाँ राख्छौँ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button