तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा उपचारको क्रममा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु

बीरगंज । वीरगञ्जमा उपचारको क्रममा आज थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा १ जना र भवानी अस्पतालमा थप १ जना गरी ४ जनाको मृत्यु भएको हो ।
बीरगंजको नारायणी अस्पतालमा आज बिहान १ः३० बजे पर्सा जिल्ला छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी ७२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
मृतक पुरुषको उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमै गए राति बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी ५७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको  छ ।
वैशाख २० गते अस्पतालमा भर्ना भएका पुरुषको एन्टिजेन रिपोट  पोजेटिभ आएको र उपचारकै क्रममा गए राति मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी बीरगंजको भवानी अस्पतालमा उपचाररत पकाहमैनपुर गाउँपालिका वडा नम्बर १ निवासी ३५ वर्षीय पुरुषको उपचारको क्रममा गए राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।
मृतकलाई वैशाख २५ गते भवानी अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसीआर परीक्षणको रिपोट पोजेटिभ आएको थियो ।
त्यसै गरी नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा उपचाररत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीका ६८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।
श्वास प्रश्वासमा समस्या भएपछि वैशाख १७ गते अस्पताल भर्ना भएका सङ्क्रमितको अक्सिजन सपोर्टमा उपचार भइरहेको र आज बिहान एक्कासि अवस्था बिग्रिदा उनको मृत्यु भएको अस्पतालका निर्देशक एवं चिकित्सक प्रमोद सर्राफले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button