तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप ८२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२ सय ७३ जनाको पिसीआर तथा एन्टिजेन परीक्षणको क्रममा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि हुनेमा ५२ जना पुरुष र ३० जना महिला रहेका छन् ।
सङ्क्रमित मध्ये ५४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १५ जना, रौतहटका ४ जना, सर्लाहीका ८ जना र मकवानपुरको १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १२ वर्षदेखि ८० वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १७ दशमलव ४ देखी ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button