तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारणले धनुषामा थप दुई जनाको मृत्यु

जनकपुरधाम  । कोरोना सङ्क्रमणका कारणले धनुषामा थप दुई जनाको मृत्यु भएको छ ।
जलेश्वर नगरपालिकाका ५५ वर्षीय पुरुष र जनकपुरधाम उपमहानगरपालिका वडा नंं १० का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो  ।
कोरोना सङ्क्रमण पुष्टि भई जलेश्वर अस्पतालमा विगत पाँच दिनदेखि उपचाररत ५५ वर्षीय पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि प्रादेशिक कोरोना विशेष अस्पतालमा ल्याउँदै गर्दा उनको एम्बुलेन्समा नै मृत्यु भएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादवले जानकारी दिनुभयो ।
यसै गरी जनकपुरधामको धनुषा अस्पतालमा आज बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नंं १० का वर्ष ६५ कपडा व्यवसायीको उपचारको क्रममा मृत्यु भएको छ ।
धनुषा अस्पतालमा मृत्यु भएका कपडा व्यवसायीलाई किड्नीका बिरामी रहेको र उनी डाइलाइसिस सेवा लिँदै आएका थिए । उनी विगत चार पाँच दिनदेखि धनुषा अस्पतालमा उपचाररत थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button