तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु

अछाम । अछाममा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु गएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरका ७२ वर्षीया महिलाको मङ्गलवार राति कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।
यही वैशाख २५ गते स्वाब सङ्कलन गरी पिसीआर परीक्षण गर्दा २७ गते उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको रिपोट आएको थियो ।
उहाँको जिल्लाको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या भई रगतमा अक्सिजनको मात्रा घट्दै गएपछि उहाँको मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनुभयो  ।
योसँगै अछाममा कोरोना सङ्क्रमणबाट पहिलो लहरमा ४ जना र दोस्रो लहरमा ८ जना गरी १२ जनाले ज्यान गुमाएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button