तपाईँ सुन्दै हुनुहुन्छः

बाराको निजगढ नगरपालिकामा र्यापिड रेस्पोन्स टिम गठन

बारा  । बाराको निजगढ नगरपालिकाले कोरोना भाइरसबाट नगर बासीलाई बचाउन र्यापिड रेस्पोन्स टिम गठन गरेको छ ।
होम आइसोलेसनमा बसेका कोरोना भाइरस सङ्क्रमित र कोरोनासँग लक्षण मिल्ने खालका बिरामीहरूको निगरानी गरी आवश्यक परामर्श र उपचारको व्यवस्था गर्न र्यापिड रेस्पोन्स टिम गठन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले जानकारी दिनुभयो ।
नगरपालिकाले साबिकको निजगढमा प्राथमिक स्वास्थ्य केन्द्र निजगढका चिकित्सक डा.प्रिन्स तिवारी, भरतगंज सिंगौलमा उमेश गुरो र रतनपुर क्षेत्रमा दिनेश परियारको नेतृत्वमा र्यापिड रेस्पोन्स टिम बनाएको हो ।
निजगढ नगरपालिकाले वडा नम्बर ९ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सुविधासहित १५ बेड क्षमताको निःशुल्क आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको  निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश कुमार खनालले जानकारी दिनुभयो ।
यसअघि पनि नगर क्षेत्रका विभिन्न सामुदायिक तथा निजी अस्पतालहरूमा १२ बेड क्षमताको आइसोलेसन निर्माण गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो ।
निजगढमा २७ बेडको आइसोलेसन सेन्टर सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button