तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा निषेधाज्ञा जेष्ठ ७ सम्म थप

कञ्चनपुर । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा जारी निषेधाज्ञाको अवधि जेठ ७ गते राती १२ बजे सम्म थप गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले आज जारी गरेको आदेशमा निषेधाज्ञाको अवधि जेठ ७ गतेसम्मका लागी थप गरिएको बताउनुभएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले गरेको निर्णयका आधारमा निषेधाज्ञाको अवधि थपिएको र  निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कडा कारबाही गरिने आदेशमा भनिएको छ ।
यसै गरी पेट्रोल पम्प, स्वास्थ्य सेवा, दूध डेरी पसल बाहेक अन्य सबै पसल र व्यवसायहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ । महेन्द्रनगर स्थित तरकारी बजार सब्जीमण्डी पूर्ण रुपमा बन्द गरिएको छ ।
तरकारी तथा फलफूलको हकमा स्थानीय पालिका र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्वास्थ्य मापदण्डको पालन गर्दै आइतबार र बुधवार बिहान ६ देखि ९ बजे सम्म घुम्ती सेवा सञ्चालन गर्ने सकिने जनाइएको छ ।
खाद्य वस्तुका पसलहरू सातामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजे स्वास्थ्य मापदण्डको पालन गर्ने गरी सञ्चालन गर्नु पर्ने जनाइएको छ । कञ्चनपुरमा वैशाख १६ गते देखी निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button