तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गाका कोरोना सङ्क्रमितलाई उपचार गर्न हेलिकप्टरमार्फत झापा लगियो

ओखलढुङ्गा । ओखलढुङ्गाका एक जना कोरोना सङ्क्रमितलाई उपचारका लागि हेलिकप्टर मार्फत झापा लगिएको छ । कोरोना सङ्क्रमणबाट थलिएका मोलुङ गाउँपालिका ३ प्राप्चाका ५५ वर्षीय नरनाथ फुयाँललाई थप उपचारका लागि हेलिकप्टरमार्फत झापा लगिएको हो ।
एक साता अघि कोरोना संक्रमण पुष्टि भएका फुयाँललाई जिल्ला अस्पताल रुम्जाटारमा राखेर उपचार गराइएको थियो । फुयाँललाई कोरोनासँगै मुटुमा समेत समस्या देखिएकाले थप उपचारका लागि झापाको बीएण्डसी अस्पताल लगिएको मोलुङ गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिनुभयो । पारिवारिक स्रोतका अनुसार झापामा फुयाँलको उपचार सुरु गरिएको छ ।
ओखलढुङ्गामा अहिले २८ जना कोरोनाका सक्रिय संक्रमित छन् । मोलुङ गाउँपालिकामा मात्रै ११ जना छन् ।
उनीहरूमध्ये ७ जना अस्पतालमा उपचाररत छन् भने अरू सबै घरैमा बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button