तपाईँ सुन्दै हुनुहुन्छः

गढी गाउँपालिका प्रकोप व्यवस्थापन कोषमा सिद्धार्थ बैङ्कद्वारा दुई लाख हस्तान्तरण

सुनसरी । सुनसरीको गढी गाउँपालिका प्रकोप व्यवस्थापन कोषमा सिद्धार्थ बैङ्कले रु. २ लाखको चेक हस्तान्तरण गरेको छ ।
आज बुधवार गढी गाउँपालिका, औरावनीमा रहेको सिद्धार्थ बैङ्क लिमिटेड गढी शाखाद्वारा संस्थागत सामाजिक दायित्व अन्तर्गत गढी गाउँपालिका औरावनी सुनसरीको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु. २ लाखको चेक सिद्धार्थ बैङ्क लिमिटेड, गढी शाखाका शाखा प्रबन्धक केशव श्रेष्ठद्वारा गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवलाई हस्तान्तरण गरेको सिद्धार्थ बैङ्कका शाखा प्रबन्धक श्रेष्ठले बताउनुभयो ।
उक्त कार्यक्रममा गढी गाउँपालिकाका उपाध्यक्ष श्रीमती राजकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत भुपध्वज थापा, लेखा अधिकृत दिल बहादुर खड्का, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद यादव, सूचना अधिकृत राजेश चौधरी, लेखापाल बाबुराम पौडेल लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button