तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा थप ६४ जनामा संक्रमण, सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय २३

ताप्लेजुङ । ताप्लेजुङमा थप ६४ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सय २३ पुगेको छ ।
बुधवार फुङलिङ नगरपालिकाका ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो ।
फुङलिङ नगरपालिकाले १ सय ३५ जनाको स्वाब परीक्षणका लागि पठाएकोमा १ सय जनाको परिक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको हो । अन्य ३५ जनाको रिपोट आउन बाँकी रहेको अधिकृत खरेलले जानकारी दिनुभयो ।
जिल्लामा स्वाब परिक्षण गर्दा १ सय ९९ सय र एन्टिजेनबाट परीक्षणबाट २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button