तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थ बैङ्कद्वारा प्रदेश सरकारलाई १० लाख सहयोग

कैलाली । सिद्धार्थ बैङ्क लिमिटेडले सुदूरपश्चिम प्रदेश कोरोना कोषमा १० लाख रकम सहयोग गरेको छ । बैङ्कको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना कोषमा १० लाख रकम सहयोग गरेको हो ।
सिद्धार्थ बैङ्कका धनगढी शाखा प्रबन्धक नितेश श्रेष्ठले १० लाखको चेक प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button