तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ३ सङ्क्रमितको मृत्यु, २५० जनामा संक्रमण पुष्टि

कैलाली । पछिल्लो २४ घण्टामा कैलालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएका अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय पुरुष, ३ कै ५४ वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया महिलाको ज्यान गएको उहाँले बताउनुभयो ।
त्यस्तै कैलालीमा पछिल्लो २४ घण्टामा २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ जनाको परीक्षण गर्दा कैलालीका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
धनगढीमा मात्रै ४४ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
धनगढी बाहेकका कैलालीका अन्य स्थानीय तहमा २०६ जनामा संक्रमण पुष्टि भएको छ । कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा २३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button