तपाईँ सुन्दै हुनुहुन्छः

प्राधिकरणको निर्णयले ऊर्जामा लगानी आकर्षित हुनेः इप्पान

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, इप्पानले नेपाल विद्युत् प्राधिकरणको पछिल्लो निर्णयले ऊर्जामा लगानी थप आकर्षित हुने बताएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले १० मेगावाट क्षमता सम्मका साना जलविद्युत आयोजनाहरूको हाइड्रोलोजिकल पेनाल्टीमा छूट दिने निर्णयले १० मेगावाट क्षमता सम्मका सम्भाव्य नहुने आयोजनाहरू पनि सम्भाव्य भई निर्माण हुने देखिएको इपानले उल्लेख गरेको छ ।
नेपालको पानी, जनताको लगानी भन्ने नाराका साथ १० वर्षमा १५ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माण गर्ने सरकारको लक्ष्य हासिल गर्न प्राधिकरणको निर्णयले सहयोग पुग्ने तथा साना आयोजनाहरूमा स्वदेशी लगानीकर्ता समेत उत्साहित भएको इप्पानले विज्ञप्तिमा उल्लेख गरेको छ ।
साथै इप्पानले नेपाल सरकारको २०६७ चैत्र ८ गतेको मन्त्रिपरिषद्बाट निर्णय भई २०६७ चैत्र ९ गते व्यवस्थापिका संसदबाट पारित भएको ५० लाखरुपैया प्रति मेगावाट भ्याट फिर्ता गर्ने निर्णय हालसम्म कार्यान्वयन नभएकोले उक्त रकम प्रथम घोषणा भएको मितिदेखि हालसम्म निर्माण सम्पन्न भई प्रसारण लाइनमा जोडिएका आयोजनाहरूलाई कोभिड–१९ को महामारीलाई समेत मध्यनजर गरी आगामी बजेट मार्फत व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
त्यसै गरी विद्युत् उत्पादनको सर्वेक्षण अनुमति पत्रको लागि लाग्ने १ वर्षको दस्तुरमा ७५ प्रतिशत छुट दिने मन्त्रीस्तरको निर्णय कार्यान्वयन गर्न र विद्युत् उत्पादन, वितरण, प्रसारणको क्षेत्रमा पुनः कोभिडले ठूलो असर पारिरहेकोले उल्लेखित निर्णयहरू कार्यान्वयन गर्न समेत सरकारसँग माग गरेको इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button