तपाईँ सुन्दै हुनुहुन्छः

मिर्गौला बेचबिखन गरेको आरोपमा एक पक्राउ

सप्तरी । प्रहरीले मिर्गौला बेचबिखन गरेको आरोपमा सप्तरीको सुरुङ्गान गरपालिका–१ शिशवारीका ३५वर्षीय रमेश विश्वकर्मालाई पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा विश्वकर्मालाई बुधबार पक्राउ गरी मानव वेचविखन विरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताउनु भयो ।
काठमाडौँमा बस्दै आएका टिपर सह–चालक सुरुङ्गा नगरपालिका–१ शिशुवारीका २४ वर्षीय दिपक भुजेललाई आरोपित विश्वकर्माले ललाई फकाई बुटवलसम्म पु¥याएका थिए । राम्रो पारिश्रमिक पाइने लोभ देखाई विश्वकर्माले अपरिचित व्यक्तिको जिम्मा लगाई भारत पठाएको पीडितको आरोप छ ।
मादक पदार्थ खुवाई भारत पु¥याएका अपरिचित आरोपितले केही दिन होटेलमा राखेको र बेहोस बनाई अस्पताल पु¥याएर वैशाख २ गते मिर्गौला निकालेको पीडितले बताए ।
उक्त अस्पतालमा १० दिन राखेपछि पाँचहजार दिएर गाडी चढाई घर पठाएको र गतशुक्रबार घर आइपुगेको पीडितकी श्रीमती निरा भुजेलले जानकारी दिनुभयो ।
अर्का आरोपितको पहिचान खुलिसकेको छैन । प्रहरी निरीक्षक पासवानले मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँसँग समन्वय गरी अपरिचित आरोपितको खोजीकार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button