तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कञ्चनरुपमा एक महिला सहित तीन जना कोरोना सङ्क्रमितको मृत्यु

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज (बिहीबार) कञ्चनरुप भित्रका तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

नोबेल हास्पीटल विराटनगर मा उपचाररत कञ्चनरुप नगरपालिका वडा –८ का ६५ वर्षीय पुरुष र वडा नम्बर –७ का ५५ वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यसै गरी कञ्चनरुप वडा –११ की ६५ वर्षीया महिलाको होम आईसोलेसमा मृत्यु भएको छ । उनको उपचार हुँदै गर्दा स्वास्थ्यमा समस्या आएपछि थप उपचारको विराटनगर अस्पताल र राजविराजको अस्पतालले भर्ना नलिँदा सङ्क्रमितलाई पुन आफ्नो घरमै ल्याएपछि आजै मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।
एक दिन मङ्गलवार कञ्चनरुप नपा–८ की एक ६५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

यो सँगै कञ्चनरुपमा दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button