तपाईँ सुन्दै हुनुहुन्छः

घरभित्रै इद ऊल फित्र पर्व मनाउन मुख्यमन्त्री राउतको आग्रह, प्रदेशमा भोलि सार्वजनिक बिदा 

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व इद ऊल फित्रको अवसरमा प्रदेश तथा देशभरिका मुस्लिम समुदायलाई शुभकामना दिनु भएको छ ।
मुख्यमन्त्री राउतले आज जारी गर्नु भएको शुभकामना सन्देशमा यस पर्वले सबै मुस्लिम धमावलम्बीहरुको सुख, शान्ति तथा समृद्धिको कामना गर्नु भएको छ ।
उहाँले कोरोना महामारीको सङ्क्रमण मुलुकमा व्याप्त रहेकाले विगत वर्ष जस्तो हर्षोल्लासपूर्वक मनाउने अवस्था नरहेकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै सावधानीसहित घर भित्रै पर्व मनाउनका लागि सबैमा आग्रह गर्नुभएको छ ।
मुस्लिमको महान् पर्वको अवसरमा प्रदेश नंं २ का सरकारले वैशाख ३१ गते प्रदेशभरि  सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री राउतले जारी गर्नु भएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button