तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु 

अछाम । अछाममा थप एक  जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

जिल्लाको चौरपाटी गाउँपालिका –४ का ६५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

उहाँलाई बुधवार एन्टिजेन्ट विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको लक्षणसँग मिल्ने लक्षण भएकोले परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको थियो ।

उहाँको हिजो राती मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

योसँगै अछाममा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ। दोस्रो लहरमा मात्रै ९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button