तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनरुप नगरपालिकाद्वारा स्वास्थ्य सेवा बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले स्वास्थ्य सेवाको अत्यावश्यक सेवा बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार नगरपालिकाले एक सूचना जारी गर्दै कोभिड–१९ कोरोना भाइरसको दोस्रो भेरियन्ट विश्वव्यापी रुपमा तीव्र गतिमा फैलिरहेको र सोको प्रभाव कञ्चनरुप नगरपालिकाको समुदाय स्तरमा व्यापक रुपमा फैलिरहेकोले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि वैशाख ३१ गतेदेखि जेष्ठ ६ गते सम्म एक हप्ता सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ ।
नगर क्षेत्रभित्रका नगरपालिकाका वडा कार्यालयहरूबाट सेवा प्रदान हुने स्वास्थ्य सेवाको अत्यावश्यक सेवा बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय भएको नगर प्रमुख वसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।
साथै नगर क्षेत्रभित्र रहेका मालपोत, नापी, विद्युत् कार्यालय, वित्तीय संघसंस्थाहरु समेत बन्द राखी कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणलाई रोकथाम गर्नका लागि सहयोग गर्न अनुरोध समेत गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button