तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहरः जुम्लाका तीन गाउँपालिका शील

जेठ ४ गतेबाट सम्म शील भएको कनकासुन्दरी गाउँपालिका, तस्बिरः सागर परियार ।
जुम्ला । दोस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि जुम्लाका ८ स्थानीय तह मध्ये तीन गाउँपालिका शील गरिएको छ ।  अत्यावश्यक सेवा बाहेकका सबै प्रशासनिक सेवा पूर्ण बन्द हुने गरी जुम्लाका तातोपानी, गुठिचौर र कनकासुन्दरी गाउँपालिका शील गरिएको हो ।
जसमा तातोपानी गाउँपालिकाका एक जना वडा सचिवलाई संक्रमण देखिएपछि वैशाख २८ गतेदेखि जेठ ३१ गते सम्म शील गरिएको अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।
आर्थिक वर्षको अन्त्य तिर भएकोले योजनाका भुक्तानी देखि बजेट निर्माण प्रक्रिया थाल्नुपर्ने भए पनि कोरोनाले समस्या गरेको तातोपानीका लेखा अधिकृत मिलन बुढ्थापाले उल्लेख गर्नुभयो  ।
अवस्था सामान्य भएपछि स्वास्थ्य मापदण्ड पालना गरी योजनाको बजेट भुक्तानी, बाँकी रहेका कार्यक्रम सञ्चालन र नयाँ बजेटको निर्माण कार्यलाई अघि बढाइन लेखा अधिकृत बुढ्थापाको भनाई छ ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाका २९ जनामा कोरोना संक्रमण देखिएको छ । १ सय ९५ जनामा एन्टिजेन परीक्षण गरिएकोमा पालिकाका कर्मचारी सहित २९ जनामा संक्रमण पुष्टि भएपछि वैशाख ३० देखि जेठ ४ गतेसम्म पालिका शील गरिएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरविर रावतले जानकारी दिनुभयो ।
पालिकाका आइसोलेसन तथा कोभिड अस्पतालमा अक्सिजन ग्याँस र एमबिबिएस डाक्टर नहुँदा सञ्चालन ल्याउन मुस्किल भएको सङ्क्रमितलाई होम आइसोलेसनमा पठाउन बाध्य भएको बताउनुभयो । तर चाडै आइसोलेसन सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँको छ ।
दोस्रो लहरको सङ्क्रमणबाट जिल्लाकै पहिलो संक्रमित भएको गुठिचौर गाउँपालिकाले स्थिति सामान्य नहुन्जेल अत्यावश्यक सेवा बाहेक सबै प्रशासनिक सेवा अर्को सूचना नभए सम्मका लागि बन्द गरिएको अध्यक्ष भण्डारीको भनाई छ ।
जुम्लामा अहिले सम्म १ सय ९९ जना संक्रमित भएका छन् । भने ती मध्ये २६ जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा अक्सिजन दिएर उपचार थालिएको छ ।  १७ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् । भने, १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने उपाय थाहा नभएकै कारण सङ्क्रमितको लापरबाहीका कारण गाउँ गाउँमा संक्रमण फैलिएको नागरिक अगुवा राज बहादुर महतको भनाई छ । स्थानीय तह अझै गम्भीर नभएमा जुम्लाका बाँकी ५ स्थानीय तह पनि शील हुने अवस्थामा रहेका पुगेका छन् ।
संक्रमितहरु घरघरमा बस्न बाध्य भएका छन् । यता आठै स्थानीय तहका १ सय ५५ बेड आइसोलेसन र ३५ बेड कोभिड अस्पताल प्रयोग विहीन अवस्थामा छन् । शुक्रवार जुम्लामा बस्ने डिसिसिएमसिको बैठकमा तत्काल कोभिड अस्पताल, आइसोलेसन सञ्चालन ल्याउनेदेखि कोभिड रोकथाम कार्य योजना, २०७८ तयार गरिने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button