तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर अस्पतालमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु

टीकापुर, कैलाली । टीकापुर अस्पतालमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ का ५५ वर्षीया महिला, टीकापुर वडा नम्बर ८ का ५४ र ५५ वर्षीय पुरुष र जोशीपुर गाउँपालिका वडा नम्बर १ का ७० वर्षीय पुरुषको मृत्यु भएको टीकापुर अस्पतालले जनाएको छ । मृतक मध्ये ३ जना एन्टिजेन पोजेटिभ र एक जना पिसीआर नेगेटिभ व्यक्ति भएको टीकापुर अस्पतालले जनाएको छ ।
टीकापुर अस्पतालमा अहिले ११ जना आइसियुमा, ११ जनामा कोरोना जनरल वार्डमा र २१ जना अक्सिजन दिएर चिकित्सकको निगरानीमा उपचार भइरहेको टीकापुर अस्पतालका कोरोना फोकल पर्सन रमेश प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button