तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु

symbolic picture
वीरगंज । वीरगञ्जमा उपचारको क्रममा आज थप १२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत ५ जना, बयोधा अस्पतालमा १ जना, तराई अस्पतालमा १ जना, स्पर्श मल्टी स्पेस्यालिटि अस्पतालमा १ जना, भवानी अस्पतालमा २ जना, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा उपचाररत २ जना गरी १२ जनाको मृत्यु भएको छ ।
वीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजको अस्थायी कोभिड अस्पताल होटल बाबा इन्टरनेशनलमा उपचाररत वीरगंज महानगरपालिका वडा नम्बर १५ निवासी ७६ वर्षीय पुरुषको आज अपराह्न ४ः१० बजे मृत्यु भएको छ । वैशाख १८ गते कोरोना पुष्टि भई अस्थायी कोभिड अस्पतालमा भर्ना भएका पुरुषको आज मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।
त्यसै गरी नेशनल मेडिकल कलेजमै उपचाररत भर्ना भएकी वीरगंज महानगरपालिका वडा नम्बर २६ निवासी ५० बर्षीया महिलाको पनि आज अपराह्न ४ बजे उपचारको क्रममा मृत्यु भएको श्रीवास्तवले बताउनुभयो ।
वीरगंजको नारायणी अस्पतालमा आज अपराह्न साढे ३ बजे कोरोना सङ्क्रमणको कारण एक महिलाको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी ५५ वर्षीय महिलाको उपचारको क्रममा आज अपराह्न मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
त्यसै गरी वीरगंजको नारायणी अस्पतालमा आजै वीरगंज महानगरपालिका वडा नम्बर २७ सुगौली निवासी ४५ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।
मृतक महिलाको उच्च निमोनियाको कारण श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमै आज बिहान वीरगंज महानगरपालिका वडा नम्बर ५ निवासी ५८ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।  वैशाख २०  गते अस्पतालमा भर्ना भएकी  महिलाको पिसीआर  रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।
त्यसै गरी नारायणी अस्पतालमै बारा ईनर्वा बस्डिलवा निवासी ३५ वर्षीय पुरुषको गए राति निधन भएको छ । वैशाख २८ गते उपचारका लागी भर्ना भएका पुरुषको गए राति निधन भएको हो ।
यसै गरी तराई अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको भेन्टिलेटर खोज्दै गर्दा ज्यान गएको छ । गए राति रौतहटको वृन्दावन नगरपालिका–४ हर्दिया पल्टुवाका २३ वर्षीय एक स्वास्थ्यकर्मीको वैशाख २१ गते देखि तराई अस्पतालमा उपचार भई रहेको र तराई अस्पतालमा गए राति उनको अवस्था जटिल भएसँगै भेन्टिलेटरको आवश्यकता परेको थियो । सो समय भेन्टिलेटर खाली नरहेको र राति नारायणी अस्पतालमा लैजाने तयारी गर्दा गर्दै उनको मृत्यु भएको तराई अस्पतालका सञ्चालक डा.रोशन कुर्मीले जानकारी दिनुभयो ।
त्यसै गरी रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ निवासी ४१ वर्षीय पुरुषको समेत गए राति निधन भएको छ । नारायणी अस्पतालमा वैशाख १७ गते भर्ना भएका पुरुषको उच्च निमोनियाको कारण मृत्यु भएको डाक्टर सरोज रोशन दासले बताउनुभयो ।
यसै गरी वीरगंजको भवानी अस्पतालमा उपचाररत पोखरीया नगरपालिका वडा नम्बर १० निवासी ६५ बर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो । मृतक महिलालाई वैशाख २९ गते भवानी अस्पतालमा भर्ना गरिएको र सोही दिन पिसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
त्यसै गरी भवानी अस्पतालमै उपचाररत वीरगंज महानगपालिका वडा नम्बर १ निवासी ६५ वर्षीय पुरुषको आज बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २९ गते भवानी अस्पतालमा भर्ना भएका उनको पिसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको र उच्च निमोनियाको कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीबास्तबले बताउनुभयो ।
त्यसै गरी स्पर्श मल्टी स्पेस्यालिटि अस्पताल वीरगंजमा उपचाररत वीरगंज महानगरपालिका वडा नम्बर २१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ भने वीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ७६ वर्षीय पुरुषको समेत उपचारको क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीबास्तबले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button