तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल उद्योग वाणिज्य महासङ्घमा कोभिड–१९ सहायता केन्द्रको स्थापना 

File Photo
काठमाडौँ । मुलुकमा बढदो कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घमा कोभिड–१९ सहायता केन्द्रको स्थापना गरिएको छ ।
महासङ्घका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको बैठकले उक्त सहायता केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । उक्त केन्द्रको समन्वय महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नु भएको छ ।
कोभिड–१९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन निम्नानुसार जिम्मेवारी बाँडफाँड समेत गरिएको महासङ्घको वेभ साइडमा जनाइएको छ ।
क्र.सं.    सहायता हुने अत्यावश्यक क्षेत्रहरू                सम्पर्क व्यक्ति 
१.     अक्सिजन सिलिन्डर व्यवस्थापन                       रामचन्द्र संघई , शौरभ ज्योति
२.    अस्पताल / आइसोलेसन केन्द्र सहजीकरण      हेमराज ढकाल, रविन श्रेष्ठ
३.   अस्पताल व्यवस्थापन                                        ई.देशबन्धु बस्नेत (अजित) ,  बाबुकाजी कार्की,  डा. केयुर गौतम
४.    एम्बुलेन्स / आइसोलेसन केन्द्र                         रन्जितराज आचार्य
५.   औषधि / मेडिकल उपकरण                            प्रवलजंग पाण्डे, भक्त हमाल
६.   होटल / हवाई यातायात                                   ज्योत्सना श्रेष्ठ, विनायक शाह, विनोद सापकोटा
सहायता केन्द्रबाट सेवा लिन महासङ्घ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरी आफूलाई आवश्यक सेवा टिपाउन सकिनेछ ।
सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासङ्घका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्ने जनाइएको छ । समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजी रहेका मानिसहरूलाई स्वास्थ्य सहायता केन्द्रका तर्फबाट निरन्तर सहयोग एवं समन्वय समेत भइरहेको छ ।
मुलुक सङ्कटमा पर्दा महासङ्घले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्‍याउँदै आएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत महासङ्घले यसअघि हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोभिड सङ्क्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परामर्श दिने कार्यको सुरुवात गरिसकेको छ ।
मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको सङ्ख्या उकालो लागिरहेको छ । महामारीको बढ्दो सङ्क्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यति बेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासङ्घले सबैमा गम्भीर आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button