तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा आज थप २ सय १९ जनामा कोरोना संक्रमण

धनगढी । कोरोना संक्रमण दर उच्च रहेको कैलालीमा आज थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका १ सय १ जना सहित गरी जिल्ला भरी २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबिच कैलालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका २ का ४९ वर्षीय पुरुष, गोदावरी नगरपालिका ३ का ५२ वर्षीय पुरुष र ३१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button