तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा  पनि जेठ १३ गते सम्म निषेधाज्ञा 

चितवन । चितवनमा निषेधाज्ञा समय थपिने भएको छ । भोलि वैशाख ३१ गते पहिलो चरणको निषेधाज्ञा सकिँदै छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको बताउनुभयो । सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ ।
अबको निषेधाज्ञा थप कडाइ हुने उहाँको भनाइ छ । पसलहरू पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको छ ।
जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख लगायतको बैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button