तपाईँ सुन्दै हुनुहुन्छः

कलैया अस्पतालमा कार्यरत ४ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

बारा । बाराको एक मात्र अस्पताल कलैया अस्पतालमा कार्यरत ६ जना चिकित्सकमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका  चारै जना चिकित्सक आइसोलेसनमा हुँदा अस्पतालमा जनशक्तिको अभाव भएको छ । आवश्यक पूर्वाधारसहितको ५० शय्या अस्पताल भए पनि संक्रमितहरु उपचारका लागि  पर्साको वीरगंज जान बाध्य छन् ।
अस्पतालसँग जनशक्तिको कमी भएको बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउँनुभयो । बाराको कलैया र जितपुरसिमरा उपमहानगरपालिका, निजगढ, महागढीमाई र सिम्रौनगढ नगरपालिकामा सबभन्दा बढी संक्रमण फैलिएको छ । अस्पतालमा रहेको पीसीआर मेसिन पनि यत्तिकै थन्किएको छ ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि जिल्लाको एक मात्र सरकारी अस्पतालमा सङ्क्रमितलाई भर्ना गर्न सकेको छैन । प्राविधिक समस्याका कारण शय्या व्यवस्थापन गर्न नसके पनि १५ बेडको व्यवस्थापन गर्ने तयारी भइरहेको वीरेन्द्र महतोले बताउँनुभयो । उहाँका अनुसार हाल अस्पतालमा १५ वटा अक्सिजन सिलिन्डर रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button