तपाईँ सुन्दै हुनुहुन्छः

निजी अस्पताललाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको आग्रह

file photo
काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी गराउन अनुरोध गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गदै अक्सिजन व्यवस्थापनमा असर पर्न नदिन कम्तीमा सय बेड भएका सबै निजी अस्पतालहरूले अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी दिन अनुरोध गरेको हो ।
मन्त्रालयले जटिल प्रकृतिका सङ्क्रमितको उपचारका लागि अक्सिजनको माग बढिरहेको र आपूर्ति प्रक्रिया जटिल बन्दै गएको जानकारी गराउँदै आजको मितिले १५ दिन भित्र अक्सिजन जडान गरी जानकारीका लागि आग्रह गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button