तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आज ६२१ जना सङ्क्रमणमुक्त

    
बाँके । पछिल्लो २४ घण्टामा बाँकेमा २३५ जना कोभिड संक्रमित थपिएका छन् । जिल्लाका दुई वटा प्रयोगशालामा ४०५ नमुना परीक्षण गर्दा २३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा १७८ नमुना परीक्षण गर्दा १०० जना र बागेश्वरी ल्याबमा २२७ नमुना परीक्षण गर्दा १३५ जना गरी कुल २३५ संक्रमित थपिएका हुन् ।भेरी अस्पतालको प्रयोगशालाले आज रिर्पोट दिएको छैन । हालसम्म बाँकेमा ६७ हजार ८३५ जनाको पीसीआर परीक्षण सम्पन्न भइसकेको छ ।
त्यसमध्ये १४ हजार ५५७ जनामा संक्रमण पुष्टि भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसैबिच आज बाँकेमा कोरोना सङ्क्रमणबाट निको भएर ६२१ जना डिस्चार्ज भएको छन् ।
जिल्लाका विभिन्न संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका २९१ जना महिला र ३३० जना पुरुष गरी कुल ६२१ जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button